दफा ३३
सदस्य हुन सक्ने
: (१) दफा ४ बमोजिमको जिल्ला विषयगत सहकारी सङ्घमा जिल्ला भित्रका विषयगत संस्थाहरू सदस्य हुन सक्नेछन् ।
(२) दफा ५ बमोजिमको जिल्ला सहकारी सङ्घमा जिल्ला भित्रका संस्था र जिल्ला विषयगत सहकारी सङ्घहरू सदस्य हुन सक्नेछन् ।
(३) दफा ६ बमोजिमको प्रदेश विषयगत सहकारी सङ्घमा प्रदेशभित्रका विषयगत संस्था र जिल्ला विषयगत सङ्घहरू सदस्य हुन सक्नेछन् ।
(४) दफा ७ बमोजिमको प्रदेश सहकारी सङ्घमा प्रदेशभित्रका संस्था, जिल्ला विषयगत सहकारी सङ्घ, जिल्ला सहकारी सङ्घ र प्रदेश विषयगत सहकारी सङ्घ सदस्य हुन सक्नेछन् ।
(५) दफा ८ बमोजिमको केन्द्रीय विषयगत सहकारी सङ्घमा विषयगत संस्था, जिल्ला विषयगत सङ्घ र प्रदेश विषयगत सङ्घ सदस्य हुन सक्नेछन् ।
(६) दफा १० बमोजिमको राष्ट्रिय सहकारी महासङ्घमा जिल्ला विषयगत सङ्घ, जिल्ला सहकारी सङ्घ, प्रदेश विषयगत सङ्घ, प्रदेश सहकारी सङ्घ र केन्द्रीय विषयगत सहकारी सङ्घ सदस्य हुन सक्नेछन् ।
(७) सहकारी बैङ्कहरूमा संस्था र सङ्घमात्र सदस्य हुन सक्नेछन् ।
(८) यस दफा बमोजिम सदस्यता लिने सम्बन्धी प्रक्रिया तोकिए बमोजिम हुनेछ ।